होम » जुही चावलासँग विवाह गर्न चाहन्थे सलमान खान!

जुही चावलासँग विवाह गर्न चाहन्थे सलमान खान!

by नागरिक टुडे

बलिउडका सुपरस्टार सलमान खान ५६ वर्ष पुगिसक्दा पनि ब्याचलर जीवन नै विताइरहेका छन् । विभिन्न कार्यक्रममा सुपरस्टार सलमान खानलाई विहे कहिले गर्ने ? भनेर बारम्बार सोधिन्थ्यो । यो प्रश्नबाट सलमानले अझैँपनि उन्मुक्ती पाएका छैनन् । उनले पत्रकार र फ्यानहरुको यस प्रश्नको गोलमोल जवाफ दिदै आएका छन् ।

त्यसोत, एक पुरानो अन्तर्वार्तामा सलमान खानले अभिनेत्री जुही चावलासँग विहे गर्न चाहेको बताएका थिए । तर, अभिनेत्री जुही चावलाका बुबाले उनीहरुको विवाह अस्वीकार गरेका सलमान खानले बताएका थिए ।

सलमानले सुनाए किस्सा

उक्त अन्तर्वातामा सलमान खान निकै जवान देखिन्छन् । होस्टले सलमानलाई सोधे, ‘जुही चावलाको बारेमा बताउनुहोस् ?’ जवाफमा सलमानले भनेका छन्, ‘जुही चावला स्वीट छिन् । मैले एक पटक उनका बुबासँग जुहीसँग बिहेको कुरा गरेँ । तर, उनले स्पष्ट रूपमा अस्वीकार गरे । थाहा छैन उनीहरु के चाहन्छन् । त्यसपछि मैले सोचेँ कि उसले सोचेर नै अस्वीकार गरेको हुनुपर्छ ।’

 

यिनिहरू पढ्न छुटे की ?