होम » यी हुन् ओमिक्रोनका प्रमुख लक्षण, यस्तो देखिए तुरुन्त परीक्षण गर्नुहोस्

यी हुन् ओमिक्रोनका प्रमुख लक्षण, यस्तो देखिए तुरुन्त परीक्षण गर्नुहोस्

by नागरिक टुडे

सीडीसीका अनुसार ओमिक्रोनद्वारा संक्रमित व्यक्तिमा विभिन्न प्रकारका लक्षण देखिएका छन् । भाइरसको एउटा लक्षण हो छाला, नङ र ओठको रङ फेरिनु ।सिडिसीले छाला, नङ र ओठ पहेँलो, खैरो वा निलो हुनुले रगतमा अक्सिजनको कमीलाई देखाउने बताएको छ । कोरोना हुँदा रगतमा अक्सिजनको कमी हुन्छ, यस्तोमा यी लक्षण देखिँदा अनुसन्धान गर्न अत्यावश्यक छ ।

यी समस्यासहित सास फेर्न समस्या हुनु, शरीर दुख्नु, छातीमा दबाब महसुस हुनु, भ्रमित हुनु र लगातार निद्रा लाग्नु पनि ओमिक्रोनको लक्षण हुनसक्छन् । ओमिक्रोनका प्रमुुख लक्षणः

सीडीसीलाई मान्ने हो भने शरीरमा भाइरस प्रवेश भएको २ देखि १४ दिनपछि लक्षण अनुभव हुन्छ । यसले साधारणदेखि गम्भीर समस्या निम्त्याउन सक्छ ।रुघा, खोकी, घाँटीमा खसखस, ज्वरो, सास फेर्न समस्या, मांसपेशी दुख्ने, टाउको दुख्ने, स्वाद र गन्ध नआउनु कोरोनाको प्रमुख लक्षणमा समावेश छ ।

ब्रिटेनको जेडओई कोभिड स्टडी एपका अनुसार कब्जियत, झाडा, ब्रेन फग, सुत्नेबला पसिना आउनु, आँखा सुन्निनु र छालाको कुनै पनि भागमा बिमिरा आउनु पनि ओमिक्रोनको लक्षण हो ।

यिनिहरू पढ्न छुटे की ?