होम » सनराइज बैंकको ‘सम्पूर्ण बचत खाता’

सनराइज बैंकको ‘सम्पूर्ण बचत खाता’

by नागरिक टुडे

काठमाडौ । सनराइज बैंकले आफ्ना ग्राहकको सुबिधालाई ध्यानमा राख्दै नयाँ बचत खाता संचालनमा ल्याएको छ । सन्राइज सम्पुूर्ण बचत खातामा ग्राहकले उच्चतम ब्याजदर पाउनका साथै विभिन्न सेवाहरुको फाइदा लिन सक्ने छन् । उक्त खातामा बैंकले पाँच वर्षका लागि निशुल्क मोबाइल बैंकिग र भिसा डेबिट कार्ड दिने छ । साथै एक वर्षका लागि डिम्याट खाता र मेरो शेयरको शुल्क नलाग्ने र अन्तर्राष्ट्रिय भिसा यात्रा कार्ड जारी गर्ने शुल्कमा ५० प्रतिशत छुट समेत प्राप्त गर्न सक्ने उल्लेख छ ।

यो खातामा ग्राहकले ८० हजार रुपैया सम्मको अस्पताल भर्ना खर्च र २० हजार रुपैया सम्मको ओपिडी खर्च बिमाका साथै ५ लाख रुपैया सम्मको दुर्घटनाको बिमा सुबिधा पाउने छन । बैंकका अनुसार अस्पताल भर्ना बिमा वर्षमा ३ पटकसम्म दाबी गर्न सकिने छ । यस स्वास्थ्य बिमा योजना भारतका विभिन्न अस्पतालमा उपचार गराउँदा समेत दाबी गर्न सकिने बैकले जनाएको छ । हाल बैंकको १ सय ३९ शाखा, १२ एक्सटेन्सन काउण्टर, १ सय ५७ ए.टि.एम र ८३ शाखारहित बैंकिग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

यिनिहरू पढ्न छुटे की ?