होम » नेपाल एसबिआई बैंकको साधारण सभा

नेपाल एसबिआई बैंकको साधारण सभा

by नागरिक टुडे

काठमाडौ । नेपाल एसबिआई बैंकको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले बैंकको आ.व. २०७७/७८ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण, २०७८ असार मसान्तको वासलात, आ.व. २०७७/७८ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरुलाई पारित गरेको छ ।

सभाले बैंकका शेयरधनीलाई चुक्ता पूँजीमा ५.३१ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितीमा प्रतिनिधित्व गर्ने संचालकमा अप्सरा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ । सभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैकिग’ को आ.व. २०७७/७८ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

सभाले आ.व. २०७८/७९ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स एस.ए.आर. एसोसियट्स्, चार्टर्ड एकाउण्टेन्ट्स्लाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै,सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा,नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने,गाभिने वा प्राप्ती गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्था मर्जर वा प्राप्ती गर्ने,गराउने सम्बन्धमा आवश्यक काम गर्न÷गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको विज्ञप्तिमा उल्लेख छ ।

यिनिहरू पढ्न छुटे की ?