होम » १७ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘हामी तीन भाई’को सिक्वेल बन्दै

१७ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘हामी तीन भाई’को सिक्वेल बन्दै

by नागरिक टुडे

अभिनेता राजेश हमाल लगायत ३ अभिनेताको मूख्य अभिनय रहेको फिल्म हामी तीन भाईको सिक्वेल बन्ने भएको छ । करीब १७ वर्ष अगाडि प्रदर्शनमा आएको यस फिल्मका गीतहरु अझै पनि घन्किरहेका छन् ।

यसै फिल्मको सिक्वेल बनाइने बारे गएको बर्षदेखि नै चर्चा छ । अब भने यस फिल्मको सिक्वेल बन्ने पक्का भएको छ । मंगलबार यस फिल्मको लागि एउटा गीत पनि रेकर्ड गरिएको छ । गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीतको भिडियो सार्वजनिक हुँदैछ ।

मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको यस फिल्मलाई लिएर दर्शक पनि उत्साहित भएका छन् । यसअघिको फिल्म हामी तीन भाई मा राजेश हमाल, स्वं। श्रीकृष्ण श्रेष्ठ, निखिल उप्रेती, झरना थापा, रेखा थापा, नन्दिता केसी लगायतको अभिनय रहेको थियो ।

तर अब यसको सिक्वेलमा सलोन बस्नेत, जाहन्वी बस्नेत, शिशिर राणा, विकाश चापागाई, दिक्षा पाण्डे, दीपक मगर, भुवन काफ्ले लगायतका कलाकारको अभिनय रहने भएको छ । फिल्मको लागि कलाकारको छनोट अहिले भइरहेको छ ।

यिनिहरू पढ्न छुटे की ?