होम » राजस्व छलिमा ढकाल बिरुद्ध साढे २ अर्बको मुद्दा दर्ता – ललिता निवास जग्गा हिनामिना प्रकरण

राजस्व छलिमा ढकाल बिरुद्ध साढे २ अर्बको मुद्दा दर्ता – ललिता निवास जग्गा हिनामिना प्रकरण

by नागरिक टुडे

काठमाडौं । राजस्व अनुसन्धान बिभागले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणका मुख्य अभियुक्तको रुपमा राजस्व छलिको मुद्दामा शोभाकान्त ढकाल मुद्दा दर्ता गरेको छ । विभागले ढकालविरुद्ध बिगो र जरिवाना गरी २ अर्ब ४० करोड बडी रुपैयाँ असुली र ३ वर्ष कैद सजायको मागदाबी गर्दै उच्च अदालत पाटनमा मंगलबार मुद्दा दर्ता गरेको हो । विभागले ढकालसहित उनकी पत्नी उमाकुमारी ढकाल तथा परिवारका सदस्य सरोज ढकाल, सान्टु श्रेष्ठ र राजेश्वर श्रेष्ठलाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरेको हो । विभागका अनुसार ढकाल र उनीसहितको समूहले काठमाडौं नागार्जुन नगरपालिका–१ ठेगाना उल्लेख गरी दर्ता भएको आनसान इन्टरनेशनल प्रालिबाट मुल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी नक्कली तथा झुटा विवरण तयार पारी राजस्व छलि गरेको पाइएको बताइएको छ ।

आनसान इन्टरनेशनल प्रालिबाट राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विवरण, बित्तीय विवरण तथा आय विवरण तयार गरी कारोबार नै नभएको देखाइ राजस्व चुहावट गरेको आरोप बिगभाले लगाएको छ । विभागले प्रतिवादी बनाएकामध्ये शोभाकान्त,सरोज। उमा कुमारी र सान्टु आनसान इन्टरनेशनल प्रालिका सञ्चालक तथा पदाधिकारी हुन । त्यस्तै, राजेश्वर आनसानको लेखा परीक्षण गर्ने फर्म राजेश्वर एण्ड कम्पनीका सञ्चालक हुन।

उनीहरुले भ्याटतर्फ ४२ करोड २६ लाख ७ हजार ३ सय ५१ रुपैयाँ, आयकरतर्फ ६८ करोड ४८ लाख २६ हजार ९७ रुपैयाँ र लाभांशतर्फ ९ करोड ४७ लाख ८४ हजार ३ सय ७६ रुपैयाँ गरी १ अर्ब २० करोड ४९ लाख १७ हजार ८ सय २४ रुपैयाँ बराबरको राजस्व छलि गरेको देखिएको बिभागले जनाएको छ । विभागले उनीहरुविरुद्ध १ अर्ब २० करोड ४९ लाख १७ हजार ८ सय २४ रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना समेत हुने भन्दै २ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६४८ रुपैयाँ असुली र ३ वर्षसम्म कैद सजाय मागदाबी गरेको हो ।

यिनिहरू पढ्न छुटे की ?