ललितपुरको कोपुन्डोलमा बिजुलीको पोलमा ठोक्किएर मोटरसाइल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
मंगलबार राति सवा १ बजे बा ९५ प ५३३४ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किदा पछाडि सवार ३१ वर्षीय राजु तामाङको मृत्यु भएको हो ।
ललितपुरको गोदाबरी नगरपालिका–९ छम्पी घर भई मंगलबजार बस्दै आएका तामाङको उपचारको क्रममा बुधबार बिहान ३ बजे पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।