होम » राष्ट्रियसभाका उम्मेदवारले चुनावमा कति खर्च गर्न पाउँने ? निर्वाचन आयोगले तोक्यो सीमा

राष्ट्रियसभाका उम्मेदवारले चुनावमा कति खर्च गर्न पाउँने ? निर्वाचन आयोगले तोक्यो सीमा

by नागरिक टुडे

आगामी माघ १२ गतेमा तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा तोकिएको छ । निर्वाचन आयोगले एक उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्ने पाउने सीमा तोकेको हो ।

आयोगका अनुसार उम्मेदवारले मतदाता नामावली खरिदमा १, सवारीसाधन–घोडा ७० हजार र सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दानासमेत) १० हजार र प्रचार सामग्रीमा १४ हजार ५ सय रुपैयाँ तोकेको छ ।

त्यस्तै, ढुवानी १० हजार, गोष्ठी–अन्तर्क्रिया १ लाख, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यममा १४ हजार ५ सय, कार्यालय सञ्चालनमा ७० हजार, प्रतिनिधि परिचालन ३० हजार र विविध खर्च ३ हजार गरी ३ लाख ५० हजारको खर्च सीमा तोकिएको हो । निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता भइसकेको छ ।

यिनिहरू पढ्न छुटे की ?