होम » जापानको ओसाकामा भवनमा आगलागी हुँदा २७ जनाकाे ज्यान गएकाे आशङ्का

जापानको ओसाकामा भवनमा आगलागी हुँदा २७ जनाकाे ज्यान गएकाे आशङ्का

by नागरिक टुडे

काठमाण्डाै – जापानको ओसाकामा रहेको एउटा भवनमा आगलागी हुँदा २७ जनाको ज्यान गएको आशङ्का गरिएको छ । दमकल विभागका कर्मचारीले आगलागीमा २७ जनाको ज्यान गएको हुन सक्ने आशङ्का गरेका छन् । भवनको चौथो तलामा आगो लागेको बीबीसीले जनाएको छ । आगो लाग्नुको कारण खुलेको छैन । आगो नियन्त्रणका लागि ७० वटा दमकल खटाइएको थियो । ३० मिनेटमा आगो निभाइएकाे खबरमा उल्लेख छ ।

यिनिहरू पढ्न छुटे की ?