होम » २४ घण्टामा २६५ संक्रमित थपिए, २ को मृत्यु

२४ घण्टामा २६५ संक्रमित थपिए, २ को मृत्यु

by नागरिक टुडे

पछिल्लो २४ घण्टामा नेपालमा २६५ जना नयाँ संक्रमित थपिएका छन् भने दुई जनाको मुत्युु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २३८ जना र एन्टिजन परिक्षण गर्दा २७ जना गरि जम्मा २६५ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३५७ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७।.७प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या दुई रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ४३ रहेको छ ।

 

यिनिहरू पढ्न छुटे की ?