होम » शेयर बजारको ओरालो यात्रा कायमै

शेयर बजारको ओरालो यात्रा कायमै

by नागरिक टुडे

 साताको दोस्रो दिन सोमबार पनि शेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.५१ अंकले घटेर २ हजार ६ सय २९.४८ बिन्दुमा झरेको हो । बजारमा आज  १८८ वटा कम्पनीको ४ अर्ब  रुपैया बराबरको ८२ लाख कित्ता शेयर कारोबार भएको छ । ६० वटा कम्पनीको शेयर मुल्य बढ्दा १२२ कम्पनीको शेयरमुल्य घटेको छ भने बाँकी ६ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । न्यादी हाइड्रोपावर र सामलिङ पावर कम्पनीको शेयर मुल्य ९.९९ प्रतिशतले बढेरसर्किट लेभलमा पुगेको छ ।

बजारमा आज म्युचुअल फण्ड र हाइड्रोपावर कम्पनीको शेयरमूल्य बढ्दा बाँकी सबै उपसमुहको मुल्य घटेको हो । लाभांश घोषणा गरेसँगै महालक्ष्मी विकास बैंकको सर्वाधिक ६१ करोड कित्ता शेयर कारोबार भएकको छ । आज सर्वाधिक मुल्य घट्ने कम्पनीहरुमा आइसीएफसी फाइनान्स, चन्द्रागिरी हिल्स र  मानुषी लघुवित्त वित्तीय संस्था आदी रहेका छन् । आइसीएफसी फाइनान्स कम्पनीको शेयरमुल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

यिनिहरू पढ्न छुटे की ?