होम » सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

by नागरिक टुडे

आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार सुनको मूल्य प्रतितोला ९२ हजार १ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १२१० मा कारोबार भएकोमा आज प्रतितोला १२२० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

यिनिहरू पढ्न छुटे की ?