होम » अष्टलक्ष्मी र युवराजले ओलीलाई भेटे, भीम रावललाई मिलाउन सुझाव

अष्टलक्ष्मी र युवराजले ओलीलाई भेटे, भीम रावललाई मिलाउन सुझाव

by नागरिक टुडे

एमालेभित्र सहमतिमार्फत १० औँ महाधिवेशनको टुङ्गो लगाउने कि निर्वाचनमार्फत भन्नेमा अन्योल कायमै रहेका बेला १० बुँदे पक्षधर दुई नेताले आइतबार बिहान अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । सौराहास्थित ओली बसेकै होटलमा गएर शाक्य र ज्ञवालीले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका भीम रावलसमेतलाई मिलाएर सहमतिमै नेतृत्व चयन गर्न ओलीलाई आग्रह गरेका हुन् ।  सो क्रममा उनीहरूले रावलसँग वार्ता गर्न पनि ओलीलाई सुझाएका छन् । जवाफमा ओलीले आफू सबैलाई मिलाएर लैजान तयार रहेको बताउनुका साथै रावलसँग वार्ता गर्ने आश्वासन पनि दिएका थिए ।

यद्यपि रावललाई कसरी मिलाउने भन्नेमा भने सहमति हुन सकेको छैन । त्यसका लागि थप छलफल हुने बताइएको छ । हिजो बेलुका शाक्य र ज्ञवालीसँगै सुरेन्द्र पाण्डे र  गोकर्ण विष्टले पनि ओलीलाई भेटेर सहमतिका लागि दबाब दिएका थिए । उनीहरूले निर्वाचनमा जाँदा एकताको सन्देश नजाने भन्दै ओलीलाई मिलाउन आग्रह गरेका थिए ।  एक स्थायी कमिटी सदस्यले अहिले पनि नेताहरूबीच सहमतिका लागि आन्तरिक दौडधुप भएकाले बन्दसत्र पर धकेलिएको छ । सहमति जुटेपछि छोटो बन्दसत्र चलाउने नेता शेरबहादुर तामाङले बताए ।

यिनिहरू पढ्न छुटे की ?