होम » शेयर बजारमा ८०.२९ अंकको गिरावट, ५ अर्ब ८३ करोडको कारोबार

शेयर बजारमा ८०.२९ अंकको गिरावट, ५ अर्ब ८३ करोडको कारोबार

by नागरिक टुडे

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको गिरावट आएको छ ।  आज नेप्से ८०.२९ अंकले घटेर दुई हजार ६ सय ५१ दशमलब ४९ विन्दुमा पुगेको हो । त्यस्तै, आज ५ अर्ब ८३ करोड ५१ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमा राताम्मे छाएको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा आइसीएफसी फाइनान्स र सामलिङ पावर कम्पनी रहेको छ । आज आइसीएफसी फाइनान्सको शेयरमूल्य ९.७८ प्रतिशतले बढेर प्रतिकित्ता ९३२ रुपैयाँ पुगेको छ भने सामलिङ पावर कम्पनीको शेयरमूल्य ८.२१ प्रतिशतले बढेर प्रतिकित्ता ३४६.८० रुपैयाँ पुगेको छ ।

यिनिहरू पढ्न छुटे की ?