होम » शेयर बजारमा सामान्य अंकको गिरावट, कारोबार रकम पनि घट्यो

शेयर बजारमा सामान्य अंकको गिरावट, कारोबार रकम पनि घट्यो

by नागरिक टुडे

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार झिनो अंकले बढेको छ । आज नेप्से ३.२२ अंकले घटेर दुई हजार सात सय ३१ दशमलब ७८ विन्दुमा पुगेको हो । बुधबार नेप्से १.८२ अंकले बढेर दुई हजार सात सय ३४ दशमलब ९४ विन्दुमा पुगेको थियो । त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ३ अर्ब ७८ करोड ९७ लाख बराबरको कारोबार भएको छ । बुधबार ४ अर्ब २१ करोड ७४ लाख बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा समृद्धि फाइनान्स कम्पनी र सामलिङ पावर कम्पनी रहेको छ । आज समृद्धि फाइनान्स कम्पनी कम्पनीको शेयरमूल्य ९.४२ प्रतिशतले बढेर प्रतिकित्ता ५६९ रुपैयाँ पुगेको छ भने सामलिङ पावर कम्पनीको शेयरमूल्य ८.१७ प्रतिशतले बढेर प्रतिकित्ता ३२०.५० पुगेको छ ।

त्यस्तै, आज मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य करिब ७ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यस बैंकको आज २६ करोड ६२ लाख भन्दा बढीको कारोबार भएको छ ।

यिनिहरू पढ्न छुटे की ?