होम » सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

by नागरिक टुडे

नेपाली बजारमा सुनको मूल्यमा आज पनि गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ३ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । हिजो १२५५ मा कारोबार भएको चाँदी आज ३० रुपैयाले घटेर प्रतितोला १२२५ कायम भएको महासंघले जनाएको छ ।

यिनिहरू पढ्न छुटे की ?