होम » खानै नहुने कार्बोहाइड्रेट ?

खानै नहुने कार्बोहाइड्रेट ?

by नागरिक टुडे

अहिले धेरैले आफ्नो छाकबाट आलु कटौती गरेका छन्, धेरैले चामल पनि । चामल, आलु खाएमा मोटोपन बढ्छ, मधुमेह हुन्छ भन्ने आम बुझाई छ । त्यसैले कार्बोहाइड्रेडयुक्त खानेकुरा खान छाड्ने जमातको घनत्व बढ्दैछ । अर्कोतिर अन्धधुन्ध किटो डाइट लिनेहरु पनि कम छैनन् । उनीहरु आफ्नो छाकबाट पूर्णतय कार्बोहाइड्रेट हटाउनुपर्छ भन्छन् । के वास्तवमा यो सही हो ?

शरीरमा ऊर्जाको मुख्य स्रोत कार्बोहाइड्रेट मुक्त खानाले कति असर गर्छ त ? पोषणविद् इन्द्रप्रसाद सिटौला शरीरमा कार्बोहाइड्रेटको मात्रा कम गराएर शरीर स्फूर्ति  र ऊर्जावान बन्न नसक्ने बताउँछन् ।

हामीले खाने खानामध्ये चामलमा धेरै कार्बोहाइड्रेट हुन्छ भने थोरै मात्र अरु पोषक तत्व हुन्छ । त्यसैले मोटोपन भएका मान्छेले चामलको विकल्प खोज्नुपर्छ भन्ने मान्यता छ । तर सिटौंला यसमा सहमत छैनन् । उनी भन्छन् ‘जुनसुकै खानेकुरा सही मात्रामा खाने हो भने खानाले शरीरमा धेरै नोक्सानी गर्दैन ।’

त्यस्तै, चामलपछि मैदालाई खानामा प्रयोग गर्दैनन् । किनभने मैदामा छोक्राहरु निकालेर धेरै मिहीन ढंगले पिँधेको हुनाले यसमा धेरै कार्बोहाइड्रेट हुन्छ । सिटौला मैदामा ९५ प्रतिशतसम्म कार्बोहाइड्रेटको मात्रा पाइने बताउँछन् । तर गहुँमा मिनरल एवं फाइबरको मात्रा धेरै पाइन्छ । त्यसैले यसलाई किटोडाइट प्रयोग गरिरहेकाहरुले गहुँ प्रयोग गर्न सुझाव दिन्छन् तर मैदा खाँदैनन् ।

कार्बोहाइड्रेट  किन ?

धेरैजसोले कार्बोहाइड्रेटलाई तौल बढाउने कारण मान्छन् । त्यही कारण उनीहरु आफ्नो छाकबाट कार्बोहाइड्रेटयुक्त खानेकुुरा कटौती गर्छन् । जबकि स्वस्थ जीवनका लागि बोसो र प्रोटिन जति जरुरी हुन्छ, कार्बोहाइड्रेट पनि उत्तिनै महत्वपूर्ण हुन्छ । कार्बोहाइड्रेट प्राथमिक उर्जा स्रोत हो ।

कार्बोहाइड्रेट कार्बनिक पदार्थ हो जसमा कार्बन, हाइड्रोजन वा अक्सिजन हुन्छ । यसमा हाइड्रोजन र अक्सिजनको अनुपात जल समान हुन्छ । कतिपय पोषणविद त के पनि भन्छन् भने कार्बोहाइड्रेटले पाचन तन्त्र सुधार्न मद्दत गर्छ । यसैले सन्तुलित आहारका लागि कुनैपनि खानेकुरा हटाउन जरुरी छैन । सही मात्रामा र सही ढंगले खानुपर्छ ।

के खाने कति खाने ?

मोटोपना नियन्त्रण गर्ने बाहानामा एक सातामा ५ किलो घट्यौ भन्ने खालका कुराहरु सामाजिक सञ्जालमा देख्न सकिन्छ । तर एकैपटक यति धेरै तौल घटाउनु पनि स्वास्थ्यको लागि फाइदा जनक नहुने दाबी पोषणविद्को छ । सिटौला भन्छन् ‘यो नियमित प्रक्रिया हो र बिस्तारै बिस्तारै शरीरको तौल कम हुनु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ ।’

जस्तो, कार्बाेहाइड्रेड नियन्त्रणको बाहानामा मासु नै नखाने पनि होइन र धेरै मासु खाने पनि होइन । थोरै मात्रामा मासु खान मिल्छ । मासुको सवालमा बच्चाको उमेर र तौलको आधारमा कति खान मिल्ने भन्ने फरक अंक हुन्छ । बढीजसो ५० देखि ६० वर्ष उमेरका मान्छेले ७० ग्रामभन्दा धेरै मासु एकदिनमा खानुहुन्न । जसले मोटोपना, कोलेस्ट्रोल जस्ता समस्याहरु देखिन्छ । रातोमासुमा कोलेस्ट्रोल धेरै हुने भएकोले धेरै खानु हुन्न ।

हुन त फलफूलमा पनि कार्बोहाइड्रेट हुन्छ । तर यसमा फाइबर, मिनरल पनि हुन्छ । त्यसैले फलफूल खाँदा जोखिम मानिरहनु पर्दैन । तर किरा नियन्त्रणको लागि भनेर किटनाशक औषधि हाल्नु भने समस्याको कारण हो । च्याउहरु अंगुर जस्ता फलफूलमा यस्तो मिसावट हुन सक्छ । यसको नियन्त्रणको लागि घर ल्याएपछि राम्रोसँग पानीमा डुबाएर खायो भने यसले समस्या सिर्जना गराउँछ ।

फेरि फलफूल खान हुन्छ भनेर टन्न गाजर, मुला जस्ता फलफूलहरु खान थालियो भने यसले पनि शरीरलाई नोक्सानी पु¥याउन सक्छ । सिटौला भन्छन् ‘साग खाने बेलामा पूरा गलाएर होइन, ओइलाए जस्तो देखिएपछि खानुपर्छ । तर राम्रोसँग पखालेर किटनाशक औषधि भने पखाल्नुपर्छ ।

नियमित बाहेकको खाना तालिकाका लागि पोषणविद्सँग परामर्श

सिटौला नियमित समयमा खाना खाने र परम्परादेखि खाँदै आएको भोजन स्वास्थ्यको लागि उपयुक्त रहेको बताउँछन् । तर यदि जुनसुकै बहानामा भए पनि खानाको तालिका र परिकारमा बदलाव ल्याउने हो भने पोषणविद्हरुसँग परामर्श लिनुपर्ने बताउँछन् ।

यदि मोटोपन नियन्त्रणका लागि होस् या त अरु कारणले पनि खानामा नियन्त्रण गर्नुपर्ने भएमा अनिवार्य पोषणविद्सँग परामर्श लिनुपर्ने सिटौला बताउँछन् । ‘पोषणविद्हरुले तौल घटाउने÷बढाउने जेको लागि पनि एउटा समयतालिका मिलाएर पोषक तत्वयुक्त खानेकुरा खाँदा यसले शरीरमा साइड इफेक्ट निम्त्याउँदैन । त्यसैले मासु कति खाने, अण्डा कति खाने ? कस्तो अवस्थामा के खाने के नखाने भन्ने विषयमा पनि पोषणविद्सँग सल्लाह गर्नुपर्छ ।

सिटौला भन्छन् ‘डाइट भनेको नै नियन्त्रण गर्नु हो । खानामा हुने नियन्त्रण नै डाइट हो । नियन्त्रण भनेर सबै कुराको नियन्त्रण नभएर अनावश्यक पोषक तत्वको नियन्त्रण र आवश्यक तत्वको पूर्ति गर्ने हो भने त्यो नै सबैभन्दा ठूलो डइट हो ।

अहिले मोटोपन घटाउने दावी सहित थुप्रै डाक्टर, क्लिनिकले किटो डाएटमा मान्छेलाई उक्साइरहेका छन् । तर यो सधैंभरिको लागि पूर्ण समाधानको उपाय होइन । यो खानामा नियन्त्रण गरेको हो । यसले धेरै नोक्सानी त गर्दैन । तर यसमा एउटा कुरा कमजोरी भयो भने अर्काे अंगलाई असर गर्छ ।

onlinekhabarबाट

यिनिहरू पढ्न छुटे की ?