होम » आज पनि नेप्से ५९ अंकले घट्यो

आज पनि नेप्से ५९ अंकले घट्यो

by नागरिक टुडे

गत मंगलबार अधिकतम ७९.७९ अंकले घटेर २७ सय ४९ दशमलव ८५ अंकमा झरेको सेयर बजार परिसूचक नेप्से बिहीबार थप ५९ अंकले घट्न पुगेको छ ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज बिहीबार नेप्से ५९.५७ अंकले घटेर २६ सय ९० दशमलव २९ बिन्दुमा झरेको हो ।

त्यसो त यस दिन ‘क’ वर्गका सेन्सेभिट इन्डेक्स समेत अधिकतम १०.६३ अंकले घट्दै ५०२ दशमलव १९ विन्दुमा झरेको छ । आज सबैजसो उपसूचक ऋणात्मक (नेगेटिभ) भएर बजार नै राताम्मे भएको छ भने ५ अर्ब ११ करोडको कारोबार भएको छ । गत मंगलबार ७९ अंकले घटेको बजारमा ६ अर्ब ५२ करोडको कारोबार भएको थियो ।

यिनिहरू पढ्न छुटे की ?