होम » सर्वोच्च परिसरमा बारको नाराबाजी, झडपमा ६ वकिल घाइते

सर्वोच्च परिसरमा बारको नाराबाजी, झडपमा ६ वकिल घाइते

by नागरिक टुडे

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनका वकिलहरुले धर्ना दिँदै नाराबाजी गरेका छन् । सो क्रममा प्रहरीसँग भएको झडपमा ५ वकिल घाइते भएका छन् ।  सो क्रममा उनीहरुले प्रधानन्यायाधीशलाई बिचौलियाको नाइके भएको आरोप लगाउँदै उनीविरुद्ध चर्को नाराबाजी गरेका थिए । घाइते हुनेमा बारका महासचिव लीलामणि पौडेलसहित वकिलहरु रमा कर्ण, मुकुन्द भट्टराई, कुमार शर्मा, प्रकाश महर्जन, रक्षा बस्याल रहेका छन् । उनीहरुलाई सामान्य चोटपटक लागेका छ ।

बारका एक पदाधिकारीका अनुसार सर्वोच्चको मूल ढोकामा विरोध प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसपछि दुई पक्षबीच झडप भएको थियो । पूर्वघोषित कार्यक्रमअनुसार वकिलहरूले आज काठमाडौं उपत्यकाभित्रका सबै अदालत र न्यायाधिकरणमा बिहान १० देखि १२ बजेसम्म धर्ना दिने कार्यक्रम तय भएको थियो । जसअनुसार वकिलहरू कालोपट्टी बाँधेर अदालत र न्यायाधिकरणमा पुगेका थिए ।

यिनिहरू पढ्न छुटे की ?