होम » सर्वोच्चमा सबै मुद्दाको पेसी चढ्यो, प्रधानन्यायाधीश समेतको इजलास तोकियो

सर्वोच्चमा सबै मुद्दाको पेसी चढ्यो, प्रधानन्यायाधीश समेतको इजलास तोकियो

by नागरिक टुडे

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबार बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य मुद्दा पनि राखेर पेसी तोकेका छन् । यसअघि असन्तुष्ट न्यायाधीशसँग भएको छलफलका आधारमा जबराले बन्दी प्रत्यक्षीकरणका रिट मात्रै पेसीमा राख्ने गरेका थिए ।

मंगलबारका लागि तोकिएको पेसीमा उनले अन्य मुद्दासमेत पेसीमा चढाएका छन् भने आफूलाई समेत एकल इजलासमा पेसी तोकेका छन् । प्रधानन्यायाधीश जबराले आफ्नो एकल इजलासमा मानव बेचविखन तथा ओसारपसार, जवरजस्ती करणी, लागू औषध, कर्तव्य ज्यान, वैदेशिक रोजगार कसुर, सवारी ज्यान लगायतका मुद्दा राखेका छन् ।

मंगलबारको पेसीमा १० वटा इजलास गठन गरेका प्रधानन्यायाधीश जबराले आफूलाई मात्रै एकल इजलास तोकेका छन् । अन्य न्यायाधीशहरूलाई भने उनले संयुक्त इजलासमा पेसी तोकेका छन् ।


यिनिहरू पढ्न छुटे की ?