होम » डेंगुबाट कसरी छुटकारा पाउने ?

डेंगुबाट कसरी छुटकारा पाउने ?

by नागरिक टुडे

पछिल्लो समय डेंगुका बिरामी देखा परिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । डेंगी भाइरसबाट संक्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट डेंगु सर्दछ । एडिज जातका लामखुट्टे सफा पानीमा समेत जम्मा हुने भएकाले जुनसुकै भाँडोमा हुर्कन सक्छन् । एडिज जातको लामखुट्टेले जुनसुकै समयमा टोक्ने सम्भावना भएकाले डेंगुबाट जोगिन सचेत हुनुपर्छ ।

विश्वमा प्रत्येक वर्ष डेंगु रोगका कारण करीब ५ करोडदेखि ५ करोड २८ लाख मानिस बिरामी पर्ने गरेका छन् । जसमध्ये करिब १० देखि २० हजार मानिसको मृत्यु हुने गरेको छ । डेंगु हुँदा उच्च ज्वरो आउने, जोर्नी र मांशपेशीहरु, आँखाका गेडी र टाउको बेस्सरी दुख्ने, शरीरमा राता बिमिराहरु आउने, वाकवाकी लाग्ने वा र बान्ता हुने गर्छ । डेंगु हुनबाट यसरी छुटकारा पाउन सकिन्छ ।

–पुरै शरीर ढाक्ने लुगा लगाउने ।

–बिहान, दिउँसो, राती जुनसुकै बेला पनि झुल लगाएर मात्र सुत्ने ।

–दिउँसो पनि लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउने ।

–घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।

–आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने ।

–पानी भरेका भाँडाहरु जस्तै ड्रम, ट्याङ्की, बाटा, बाल्टिन, आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्ने ।

–घर, विद्यालय अँध्यारो कुना काप्चा जस्तै पर्दा पछाडि, खाटमुनि, शौचालयभित्र, डेस्क, बेन्चमुनि आदि जस्ता ठाउँहरुमा कीटनाशक औषधि छर्किने

–कम्तिमा साताको एक पटक एयरकुलर, पानी ट्याङ्की, फूलदानी गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गर्ने ।

यिनिहरू पढ्न छुटे की ?