होम » बँदेलसँग ठोकिएर सीता एयरको जहाज दुर्घटना

बँदेलसँग ठोकिएर सीता एयरको जहाज दुर्घटना

by नागरिक टुडे
नेपालगञ्ज विमानस्थलमा बँदेलसँग ठोकिएर सीता एयरको जहाज दुर्घटना भएको छ । मंगलबार बिहान नेपालगञ्जबाट हुम्लाको सिमिकोट उड्न लागेको जहाज धावनमार्गमा गुड्दै गर्दा बँदेलसँग ठोकिन पुग्दा दुर्घटनामा परेको हो ।

दुर्घटनाबाट जहाजको अगाडिपट्टीको नाेजल ल्यान्डिङ गियर भाँचिएको र धावनमार्गमै रोकिएको एसपी श्याम कृष्ण अधिकारी जानकारी दिए । यद्यपि, सो दुर्घटनाबाट कुनै मानवीय क्षति भने नभएको अधिकारीले  बताए । विमानमा चालकदलसहित १४ जना यात्रु र करिव ९० केजी कार्गो रहेको थियो । अहिले विमान धावनमार्गबाट हटाउने काम भईरहेको छ भने विमानस्थल बन्द गरिएको छ ।


यिनिहरू पढ्न छुटे की ?