होम » कात्तिक २६ बाट ‘द भ्वाइस किड्स’ प्रशारण हुने

कात्तिक २६ बाट ‘द भ्वाइस किड्स’ प्रशारण हुने

by नागरिक टुडे

बालबालिका केन्द्रीत रियालिटी शो ‘द भ्वाइस किड्स’ २६ कात्तिकबाट  प्रशारण हुने भएको छ । ६ बर्षदेखि १४ वर्षसम्मका बालबालिकाको सहभागिता रहने प्रतियोगिता हिमालय टीभी एचडीबाट प्रसारण हुन लागेको हो ।

यो शोको ‘ब्लाइन्ड अडिसन’ को छायाङ्कन भइसकेको छ । २० भाग प्रशारण हुने शो को ‘ब्लाइन्ड अडिसन’ पछि ब्याटल राउन्ड हुनेछ । अहिले ब्याटल राउन्डको छायाङ्कन भैरहेको निर्माण युनिटले जनाएको छ । शोका निर्देशक लक्ष्मण पौडेल रहेका छन् ।

आफुहरुले बालबालिकाको गायन क्षमतासँगै उनीहरुको विभिन्न हाउभाउ र शैलीलाई पनि शोमा ध्यान दिने पौडेलले बताए । यो शोमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार, प्रविशा अधिकारी कोचको रुपमा छन् ।

यिनिहरू पढ्न छुटे की ?