होम » राजेश हमाल अब गायक

राजेश हमाल अब गायक

by नागरिक टुडे
सुपरस्टार राजेश हमालले पहिलो पटक आफ्नो अवाजमा गीत रेकर्ड गराएका छन् । गत भदौमा अनामनगरस्थित वेभ स्टुडियोमा रेकर्ड गरिएको ‘मन बुढो भएन’ बोलको रोमान्टिक थिमको गीतमा उनले स्वर भरेका हुन् । दीपक शर्माको शब्द तथा संगीत र नरेन्द्र वियोगीको एरेन्ज रहेको उक्त गीतमा हमाललाई एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलले गायनमा साथ दिएका छन् ।
राजेश हमालले आफूलाई सहज हुने र उमेर सुहाउँदो गीत गाउने इच्छा व्यक्त गरेपछि गीतकार शर्माले त्यसै अनुरुप गीतका शब्द तयार पारेका थिए । निर्देशक देवेन्द्र पाण्डेको मार्फत् उनले एक भेटमा आफूले तयार पारेको गीत हमाललाई सुनाए । उनले गीत सुन्न साथ मन पराए । यसपछि संगीतकार शर्मासँँग दुईपटक बसेर अभ्यास गरेपछि उनले स्ट्रडियोमा गीत रेकर्ड गराएका हुन् ।
राजेश हमालको आवाजमा रेकर्ड भएको गीतलाई भिडियो निर्माण गर्ने तयारी गरिएको छ । जसलाई देवेन्द्र पाण्डेले निर्देशन गर्नेछन् । उक्त गीतको भिडियो तिहारभन्दा अगाडि नै सार्वजनिक हुने बताइएको छ । भिडियोमा राजेश हमालसँगै रेश्मा घिमिरे लगायतका कलाकारको अभिनय रहनेछ । राजेश हमालले आफूले सोचेको भन्दा राम्रो गीत गाएको संगीतकार शर्माले बताए ।
राजेश हमालले यसअघि स्वर्गीय शिव रेग्मी निर्देशित फिल्म ‘हामी तीन भाइ’ को ‘बाजा बजाउँदै’ गीतमा केही संवाद बोलेका थिए । तर, उनले आफ्नै आवाजमा भने गीत रेकर्ड गराएका थिएनन् । अब उनी आफूलाई गायकको रुपमा  पनि चिनाउने तयारीमा छन् । अहिले उनी फिल्म ‘सत्यम्’ को वर्कसपका लागि धम्पुसमा छन् । यो फिल्मबाट उनले चार वर्षपछि कमब्याक गर्न लागेका हुन् ।

FilmyKhabarबाट 

यिनिहरू पढ्न छुटे की ?