होम » थप ७०८ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्‍यु

थप ७०८ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्‍यु

by नागरिक टुडे

पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार २ सय ५३ पीसीआर परीक्षण गर्दा ५७४ जना र २ हजार १२३ एन्टिजेन परीक्षण गर्दा १३४ गरी ७०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने ९३२ जना निको भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ८ हजार ९६ पुगेको छ । योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ भने ७ लाख ८५ हजार ८१३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९४६ जना रहेका छन् । जसमध्ये १० हजार ११६ जना होम आइसोलेसनमा रहेका छन् भने ८३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २७९ जना आईसीयू र ९१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

 

यिनिहरू पढ्न छुटे की ?