होम » चाँदीको भाउ घट्यो, सुनको स्थिर

चाँदीको भाउ घट्यो, सुनको स्थिर

by नागरिक टुडे

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार बजारमा सुनको मूल्य स्थिर रहेको छ ।  बिहीबार तोलामा ३०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा सुनको मूल्य शुक्रबार पनि सोही मूल्य कायम भएको हो ।
तर, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको महासंघले जनाएको छ । गत बिहीबार प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले सस्तिँदै एक हजार २५० रुपैयाँमा झरेको हो ।

यिनिहरू पढ्न छुटे की ?