होम » बढ्यो सुनको मुल्य

बढ्यो सुनको मुल्य

by नागरिक टुडे

सुनको मूल्य बिहिबार तिन सय रुपैयाँ  वृद्धि भएर तोलाको ९१ हजार सात सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला मूल्य तीन सय रुपैयाँले बढेको हो।

सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ र बुधबार ९१ हजार चार सय रुपैयाँ तोकिएको थियो । छापावाल सुन दशैंअघि गत असोज २५ गते प्रतितोला ९० हजार ६०० मा कारोबार भएको थियो । महासंघले सार्वजनिक गरेको तथ्यांकमा बुधबार तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार हुनेछ । महासंघका अनुसार बुधबार चाँदीको मूल्य बिहीबार एक हजार दुई सय ६० प्रतितोला रहेको छ ।

यिनिहरू पढ्न छुटे की ?