होम » श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

by नागरिक टुडे

सल्यानमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। मंगलबार राति सवा ११ कुमाख गाउँपालिका वडा नम्बर ५ तिमिले बस्ने ४७ वर्षीय कविराम खड्काले ४२ वर्षीया श्रीमती कली खड्काको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको हो। मादक पदार्थ सेवन गरी कविरामले आफ्नी श्रीमती कलीमाथि धारिलो हतियार प्रयोग गरेका थिए। प्रहरीका अनुसार उनीहरूबीच घरायसी विवाद भएको थियो। त्यसैक्रममा कविरामले धारिलो हतियारले प्रहार गरी कलिलाई घाइते बनाएका थिए। घाइते भएको भन्ने खबर पछि ईलाका प्रहरी कार्यालय राँगेचौरबाट प्रहरीको टोली खटिएको थियो। तर प्रहरी घटनास्थल पुग्दा कलीको मृत्यु भइसकेको कार्यालयले जानकारी दिएको छ। प्रहरीले तत्कालै कविरामलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान अघि बढाएको छ।

यिनिहरू पढ्न छुटे की ?