होम » कैलाली र कञ्चनपुरबाहेक सुदूरपश्चिमका सबै जिल्लामा यातायात, टेलिफोन र इन्टरनेट अवरुद्ध

कैलाली र कञ्चनपुरबाहेक सुदूरपश्चिमका सबै जिल्लामा यातायात, टेलिफोन र इन्टरनेट अवरुद्ध

by नागरिक टुडे

काठमाडौं- सुदूरपश्चिमको कैलाली र कञ्चनपुर बाहेक सातवटै पहाडी जिल्लाको यातायात, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध बनेको छ।आइतबारदेखिको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारणले ती जिल्लामा अत्यावश्यक सेवा अवरुद्ध हुन पुगेको हो।सुदूरपश्चिमका पहाडी जिल्लाहरु जोडने सडक अवरुद्ध बनेका छन्। त्यहाँ टेलिफोन र इन्टरनेट सेवा पनि अवरुद्ध भएको छ। यातायातसमेत अवरुद्ध हुँदा टेलिफोन र इन्टरनेट सेवा सञ्‍चालनका लागि आवश्यक काम हुन सकेको छैन। यातायात, टेलिफोन र इन्टरनेटसमेत अवरुद्ध भएपछि बाढी र पहिरो पीडितहरुको उद्धार र राहतका लागि पनि कठिनाइ भइरहेको छ। नेपाललाइभमा प्रकाशित

यिनिहरू पढ्न छुटे की ?