होम » जसपाले टुङ्ग्यायो मन्त्रीको नाम, राजेन्द्रको नेतृत्वमा सरकारमा जाने

जसपाले टुङ्ग्यायो मन्त्रीको नाम, राजेन्द्रको नेतृत्वमा सरकारमा जाने

by नागरिक टुडे

जनता समाजवादी पार्टी (जसपा)ले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । जसपाका शीर्ष नेताहरुको शुक्रबार बिहान बसेको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको जसपा नेता राजेन्द्र श्रेष्ठले  बताए ।

निर्णयअनुसार जसपाबाट सरकारको नेतृत्व राजेन्द्र श्रेष्ठले नै गर्नेछन् । यस्तै सो पार्टीबाट रेणु यादव, रामसहाय यादव र प्रमोद साह मन्त्री बन्ने निश्चित भएको हो ।

यिनिहरू पढ्न छुटे की ?