होम » सीता भण्डारी मृत्यु प्रकरणः तीन जना पुर्पक्षका लागि जेल चलान

सीता भण्डारी मृत्यु प्रकरणः तीन जना पुर्पक्षका लागि जेल चलान

by नागरिक टुडे

तिलोत्तमा नगरपालिका वडा नं ५ की सीता भण्डारी मृत्यु प्रकरणमा तीन जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका सीताका पति टीका पौड्याल, जेठाजु हरि पौड्याल र आमाजु  विष्णु पौड्याललाई पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तिलोत्तमा–५ की  भण्डारी गत भदौ २० मा आफ्नै घरमा मृतावस्थामा भेटिएकी थिइन् । उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय बुटवलले घटना अनुसन्धान गरेको थियो । अनुसन्धानपछि प्रहरीले मृतकको मोबाइलमा सुसाइड नोट भेटिएकाले मृतकले आत्महत्या गर्को प्रारम्भिक निष्कर्ष निकालेको थियो ।

तर, घटना आत्महत्या भए पनि आत्महत्या गर्न बाध्य पारिएको अवस्था रहेको भन्दै प्रहरीले श्रीमान्, जेठाजु र आमाजूविरुद्ध दुरुत्साहन मुद्दा अघि बढाएको हो । जिल्ला अदालतमा बुधबार भएको थुनछेक बहसपछि अदालतको आदेशानुसार उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाइएको जिल्ला प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।  भण्डारीको मृत्यु भएको एक महिना बित्न लाग्दासमेत दाहसस्कार गरिएको छैन ।

रासस 

यिनिहरू पढ्न छुटे की ?