होम » बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

by नागरिक टुडे

नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य ८९ हजार ९५० रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य ११६० मा कारोबार भएकोमा आज बढेर प्रतितोला ११७० मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

यिनिहरू पढ्न छुटे की ?