होम » नेप्सेमा उत्साहप्रद बृदि, कारोबार रकम भने बढ्न सकेन

नेप्सेमा उत्साहप्रद बृदि, कारोबार रकम भने बढ्न सकेन

by नागरिक टुडे

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार पनि दोहोरो अंकको उत्साहप्रद बृद्धि भएको छ । आज नेप्से ६८.४७  अंकले बढेर दुई हजार ६ सय ८१ दशमलब १० विन्दुमा पुगेको हो ।

त्यस्तै, आज नेप्से बढे पनि कारोबार रकममा भने उल्लेखनीय प्रगति देखिएको छैन । आज ४ अर्ब ५० करोड ६ लाख बराबरको कारोबार भएको छ । अघिल्लो दिन मंगलबार दुई अर्ब मात्र कारोबार भएकोमा बुधबार भने बढेको छ। सोमबार ३ अर्ब ६२ करोड ७७ लाख बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये २० कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा बेष्ट फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, ग्रामिण विकास, नयाँ सारथी, मिथिला लघुवित्त लगायत रहेका छन्।

यिनिहरू पढ्न छुटे की ?