चर्चित सुन काण्डका मुख्य आरोपी चुडामणि उप्रेती गोरेलाई जन्म कैदको सजाय सुनाइएको छ । ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्यको हत्या मुद्दामा जिल्ला अदालत मोरङले गोरेलाई जन्मकैदको सजाय सुनाएको हो ।
गोरे भन्ने चुडामणि उप्रेती मोरङ उर्लाबारी –७ का हुन्। उनी काठमाडौं गाौरीघाटमा बस्दै आएका थिए। फरार उप्रेतीलाई पक्राउ गर्न मोरङ प्रहरीले इन्टरपोलमार्फत ‘डिफ्युजन नोटिस’ जारी गरेर पक्राउ गरेको थियो ।