होम » च्याम्पियन्स लिगमा रोनाल्डोको अर्को कीर्तिमान, युनाइटेडको पुनरागमन जित

च्याम्पियन्स लिगमा रोनाल्डोको अर्को कीर्तिमान, युनाइटेडको पुनरागमन जित

by नागरिक टुडे

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्ने पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा अर्को कीर्तिमान बनाएका छन् ।च्याम्पियन्स लिगमा सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाउँदै रोनाल्डोले निर्णायक गोल गरेपछि युनाइटेडले भियारिया माथि २-१ को पुनरागमन जित हात पारेको छ । समूह एफ अन्तर्गत बुधबार राति भएको खेल खेल्दै रोनाल्डोले च्याम्पियन्स लिगमा १७८औं खेल खेल्ने कीर्तिमान बनाए । उनले १७७ खेल खेलेका स्पेनिस गोलकिपर इकर कसियासको कीर्तिमान तोडेका हुन् । कीर्तिमानी खेलमा रोनाल्डोले इन्जुरी टाइमको पाँचौ मिनेटमा विजयी गोल गरे ।

त्यसअघि ओल्डट्राफोर्डका भएको खेलको ५३ औं मिनेटमा पको अल्कासेरलले गोल गर्दै भियारियाललाई अग्रता दिलाएका थिए । तर ७०औं मिनेटमा अलेक्स टेलेसले युनाइटेडका लागि बराबरी गोल फर्काए । त्यसपछि रोनाल्डोले इन्जुरी टाइममा विजयी गोल गरे । च्याम्पियन्स लिगमा रोनाल्डोले सर्वाधिक १३६ गोल गरेका छन् ।

पहिलो खेलमा योङ ब्वाइजसंग पराजित भएको युनाइटेडको यो पहिलो जित हो । दुई खेलबाट तीन अंक जोडेको युनाइटेड तेस्रो स्थानमा छ । समान अंक भएपनि योङ ब्वाइज दोस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा योङ ब्वाइजलाई १-० ले पराजित गरेको एटलान्टा चार अंकसहित शीर्ष स्थानमा छ । एटलान्टाका लागि माटेओ पेसिनाले एक मात्र गोल गरे ।

यिनिहरू पढ्न छुटे की ?