होम » सन्तानको स्वास्थ्यको कामना गर्दै जितिया पर्व मनाइँदै

सन्तानको स्वास्थ्यको कामना गर्दै जितिया पर्व मनाइँदै

by नागरिक टुडे

सन्तानको स्वास्थ्यको कामना गर्दै तराईका जिल्ला लगायत अन्य क्षेत्रहरूमा पनि बुधवार जितिया पर्व मनाइँदै छ । मातृ स्नेहको रुपमा मनाईने यो पर्वमा एका बिहानैं नजिकैको तालतलैया, नदी लगायतका जलासयमा स्नान गरी तोरीको तेल र ‘खरी’ अर्थात पिना चढाउने परम्परा सहिँत जितिया पर्व श्रद्धा पूर्वक मनाउन थालिएको हो ।

यो पर्वमा आमाहरूले पहिलाे दिन मंगलवार स्नान गरेर मात्रै चोखो खाने कुरा खाएर पर्वको सुरूवात गरेका थिए । भने बुधवार आज दिन भर उपवास बसेर बिहिवार पर्वको अन्तिम दिनको पुजा पस्चात अन्न ग्रहण गर्ने छन् । थारु समुदायले जितिया पर्वलाई विजय अर्थात् जितका रूपमा मनाउँने गर्दछन् । बारा, पर्सा, नवलपरासी, चितवन लगायतका ठाउँमा रहेका थारु महिलाहरूले तीन दिन सम्म जितिया पर्व मनाउँछन् ।

हिन्दु महिलाहरूले भगवान विष्णु, शिव र भगवान सूर्यको पूजा अर्चना गर्छन् । पारम्परिक गीत, सङ्गीतका साथमा नाचगान सहिँत जितिया पर्व मनाईन्छ । जितिया पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन सम्म मनाईन्छ । उता जितिया पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिँदै हाम्रो संस्कृति र संस्कारमा आफ्नों विशिष्ट पहिचान र विशेषता रहेको बताएका छन् । सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने पर्व मध्येको एक जितिया पर्व पनि भएको उनीहरुको भनाई रहेको छ ।

यिनिहरू पढ्न छुटे की ?