होम » राज कुन्द्राबारे प्रश्न सोध्दा शिल्पाले दिइन् यस्तो जवाफ

राज कुन्द्राबारे प्रश्न सोध्दा शिल्पाले दिइन् यस्तो जवाफ

by नागरिक टुडे

धेरै पैसा कमाउने लोभमा कानुन विपरीत कर्म गर्दा मान सम्मान इज्जत प्रतिष्ठा सबै गुमाएका शिल्पा शेट्टिका पति राज कुन्द्रा धरौटीमा रिहा भइसकेका छन् । तर, पनि उनीबारेको सवालले पिछा नछोड्दा बलिउड अभिनेत्री शिल्पा निकै हैरान बनेकी छिन् । हालै उनले एक कार्यक्रममा पति राज कुन्द्राबारे सोधिएको प्रश्नको जवाफ निकै खरोरुपमा दिएपछि फेरि एक पटक उनी चर्चामा छाएकी छिन् ।

राज कुन्द्राले अवैध फिल्म बनाएको आरोपमा हिरासतमा लामो समय बिताइरहँदा यता शिल्पा शेट्टि भने पारिवारिक जीवनका कारण सधैँ समाचारमा छाइरहिन् । त्यो विषयमा उनिमाथी समेत प्रहरी प्रशासनले सोधपुछ गरिरहेको थियो । त्यहाँ त उनले जवाफ दिइन नै तर सार्वजनिकरुपमा भने उनी यी विषयहरूमा खासै बोलेकी छैनन ।

यसैबिच एउटा भिडियो अहिले सार्वजनिक भएको छ । जहाँ उनलाई कुन्द्राबारे सोधिएको प्रश्नमा कडा जवाफ दिएको देख्न सकिन्छ । जसमा उनले भनेकी छिन्– के म राज कुन्द्रा हो ? म उ जस्तो देखिन्छु । म को हुँ ?  उनले अगाडी थप व्याख्या गरेकी छिन्– मलाई के लाग्छ भने एक सेलिब्रेटि भइसकेपछि हामीले गुनासो गर्नु हुँदैन । न त कुनै कुरामा सफाइ नै दिँदै हिँड्नु ठिक हुन्छ । यो मेरो जिन्दगीबारेको दर्शन हो ।

यिनिहरू पढ्न छुटे की ?