होम » आकाशमा दुई घण्टा फन्को मारेको बुद्धको जहाज आज बिहानैबाट संचालन

आकाशमा दुई घण्टा फन्को मारेको बुद्धको जहाज आज बिहानैबाट संचालन

by नागरिक टुडे

प्राविधिक समस्या देखिएको भनेर सोमबार करीब दुई घण्टा आकाशमा फन्को मारेको बुद्ध एअरको जहाज मंगलबार बिहानैबाट संचालनमा आएको छ । कम्पनीका एक अधिकारीका अनुसार सोमबार काठमाडौं विमानस्थलमा अवतरण भएसँगै बुद्ध एअरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले जहाजको जाँच गरेका थिए । चेकजाँचका क्रममा जहाजमा ‘गडबडी नभएको’ पुष्टि भएसँगै प्राधिकरणले उडान अनुमति दिएको उनले बताए ।

सोमबार बिहान ७३ यात्रुलाई लिएर काठमाडौंबाट विराटनगर उडेको सो जहाज अवतरण गर्ने क्रममा एक इन्डिकेटरले दायाँतर्फको पाङ्ग्रा खुलेको जानकारी नगराएपछि काठमाडौं फर्किएको थियो । आकाशमा करीब दुई घण्टा फन्को मारेको सो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने सामान्य अवस्थामा अवतरण गरेको थियो ।

‘सोमबार अवतरणलगत्तै प्राविधिकले जहाजको मिहिन रुपमा चेकजाँच गर्नुभयो’ एक अधिकारीले भने, ‘गडबडी नभएको पुष्टि भएसँगै जहाजले उडानको अनुमति पाएको हो ।’ उनका अनसार सो जहाजले मंगलबार तीन उडान गरिसकेको छ ।

यिनिहरू पढ्न छुटे की ?