काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सोमबार बिहान अवतरण गर्न लागेको एउटा विमानको पाङ्ग्रा नखुलेका कारण केहीबेर तनाव भयो । रनवेमा अवतरण हुनै लाग्दा बुद्ध एयर विमान पाङ्ग्रा नखुलेपछि आकाशमै फर्किएको थियो । बुद्ध एयरको सो विमान सोमबार बिहानै काठमाडौंबाट विराटनगरतर्फ उडेको थियो । तर, विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको थियो ।
केहीबेर आकाशमा घुमेपछि विमान सफलतापूर्वक ल्याण्ड भएको बुद्ध एयरका दिपेन्द्र कर्णले बताए । त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रमुख प्रताप बाबु तिवारीले भने–‘ विमानको ल्यान्डिङ गियर आधा मात्र देखिएको थियो, समस्या समाधान नभए इमर्जेन्सी ल्यान्डिङ गराउने तयारीमा गरिरहेका थियौँ तर सफलतापूर्वक ल्याण्ड भएको छ ।’