होम » बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

by नागरिक टुडे

नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजारमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार ८५० रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य ११६० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

यिनिहरू पढ्न छुटे की ?