होम » नेपाल र ओमानबीचको मैत्रीपूर्ण फुटबल खेल आज

नेपाल र ओमानबीचको मैत्रीपूर्ण फुटबल खेल आज

by नागरिक टुडे

साफ च्याम्पियनसिपको तयारीका लागि हाल कतारमा बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आज ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।नेपाल र ओमानबीचको खेल कतारको दोहास्थित कतार युनिभर्सिटीको मैदानमा हुनेछ । खेल स्थानिय समय अनुसार बेलुका ७ बजे (नेपाली समय अनुसार राति ९:४५ बजे) सुरु हुनेछ । माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग खेल्न लागेको हो । नेपाली टोली कतारबाटै सोमबार माल्दिभ्स जानेछ ।

नेपालले यसअघि घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल समेत खेलेको थियो ।साफ च्याम्पियनसिपको १३औं संस्करण आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३० गते) सम्म माल्दिभ्समा आयोजना हुनेछ ।नेपालले पहिलो दिनै आयोजक माल्दिभ्ससँग खेल्नेछ । यस पटक साफमा ५ टिम मात्र सहभागि छन् । सिंगल राउण्ड रोविन लिगपछि शीर्ष दुई टिमबीच अक्टोबर १६ (असोज ३०) मा फाइनल खेल हुनेछ ।

यिनिहरू पढ्न छुटे की ?