होम » न्यादी हाइड्रोपावरले असोज १५ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने

न्यादी हाइड्रोपावरले असोज १५ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने

by नागरिक टुडे

न्यादी हाइड्रोपावर लिमिटेडले असोज १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा २२ लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न लागेको हो । कुल कित्तामध्य ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानीकोष र २ प्रतिशत दरको ४५ हजार कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरी बाँकी २० लाख ९२ हजार ५०० कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागेको हो ।

यो आईपीओ खरिदका लागि छिटोमा असोज १९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने असोज ३१ गतेसम्मको मिति तोकिएको छ । यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

 

 

यिनिहरू पढ्न छुटे की ?