होम » राष्टियसभाबाट विनियोजन विधेयक पारित

राष्टियसभाबाट विनियोजन विधेयक पारित

by नागरिक टुडे

राष्ट्रियसभाबाट विनियोजन विधेयक (बजेट) पारित भएको छ । बिहीबार बसेको राष्ट्रियसभाको बैठकले विनियोजन विधेयक पारित गरेको हो । बजेट पारित भएसँगै राष्ट्रियसभाले आजै सन्देशसहित प्रतिनिधिसभामा पठाउने छ । आजै बस्ने प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयकलाई ग्रहण गरी सभामुखले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने संसद सचिवालयको तयारी छ । विनियोजन विधेयक पारित भई प्रमाणीकरण भएमा सरकारलाई आजैबाट खर्च गर्न सक्ने बाटो खुल्नेछ ।

यिनिहरू पढ्न छुटे की ?