होम » बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

by नागरिक टुडे

नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा ९ सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार १ सय रहेको छ भने तेजावी सुनको मूल्य ८९ हजार ६५० रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य ११४० मा कारोबार भएकोमा आज घटेर तोलामा ११६५ कायम गरिएको महासंघले जनाएको छ ।

यिनिहरू पढ्न छुटे की ?