होम » निफ्राका शेयर धनीहरुका लागि कम्पनीद्वारा पहिलो पटक ८.५ प्रतिशत लाभांश घोषणा

निफ्राका शेयर धनीहरुका लागि कम्पनीद्वारा पहिलो पटक ८.५ प्रतिशत लाभांश घोषणा

by नागरिक टुडे

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले पहिलो पटक लाभांश घोषणा गरेको छ । पहिलो पटक हात खाली नहुनेगरी सर्वसाधारणका लागि आईपीओ जारी गरेको कम्पनीले पहिलो पटक ८.५ प्रतिशतको लाभांश घोषणा गरेको हो । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट शेयर धनीहरुलाई ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजी २० अर्बको ८.५ प्रतिशतले हुन आउने १ अर्ब ७० करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने छ ।बैंकको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयर धनीहरुलाई वितरण गरिनेछ ।

यिनिहरू पढ्न छुटे की ?