होम » दुई सयले घट्यो सुनको मूल्य

दुई सयले घट्यो सुनको मूल्य

by नागरिक टुडे

सोमबार नेपाली बजारमा सुनको भाउ ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ । गत हप्ताको शुक्रबार एकैदिन १४ सय रुपैयाँले घटेर ८९ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार स्थिर रहँदै सोमबार थप तोलामा २०० रुपैयाँले घटेर ८८ हजार ९ सय रुपैयाँमा झरेको हो । यस्तै चाँदीको मूल्य समेत सोमबार तोलामा १५ रुपैयाँले घट्दै एक हजार १३५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यिनिहरू पढ्न छुटे की ?