होम » यी हुन् सोमबार शेयरमूल्यमा सर्बाधिक गिरावट आएका कम्पनी

यी हुन् सोमबार शेयरमूल्यमा सर्बाधिक गिरावट आएका कम्पनी

by नागरिक टुडे

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज सोमबार उच्च अंकले घटेको छ । लगातार तीन दिनको बन्दपछि आज खुलेको शेयर बजार सुरुवात देखिनै गिरावट देखिएको थियो । आज नेप्से ११४.०२ अंकले घटेर दुई हजार ६ सय ९८ दशमलब २५ विन्दुमा थामिएको हो । त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ८ अर्ब ४९ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आजको कारोबारमा १८१ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । जसमा सर्वाधिक गुमाउने कम्पनीहरु ३२ वटा रहेका छन् ।
सोमबार सर्वाधिक गुमाउने कम्पनीहरुमा गुडवील फाइनान्स, पोखरा फाइनान्स, आइसीएफसी फाइनान्स,  प्रोगेसिभ फाइनान्स, घलेम्दी हाइड्रोपावर कम्पनी, हिमालयन उर्जा विकास कम्पनी, युनाइटेड इदी मर्दी, सिंगटी हाइड्रो, एक्सेल डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, सेन्ट्रल फाइनान्स र श्री इन्भेष्टमेन्ट फाइनान्स रहेका छन् ।

त्यसैगरि, जोशी हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, नेपाल फाइनान्स, बेष्ट फाइनान्स, ग्रीनलाइफ हाइड्रोपावर, रिलायन्स फाइनान्स, पाँचथर पावर कम्पनी, खानीखोला हाइड्रोपावर, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, पञ्चकन्यामाई हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, रु रु जलविद्युत कम्पनी, दिव्यश्वरी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर, युनियन हाइड्रोपावर, कर्णाली डेभलपमेन्ट बैंक र मल्टीपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले सोमबार सर्वाधिक गुमाएका छन् ।

यिनिहरू पढ्न छुटे की ?