होम » बजेट पारितभएसँगै शेयर बजार तिव्रगतिमा गिरावट

बजेट पारितभएसँगै शेयर बजार तिव्रगतिमा गिरावट

by नागरिक टुडे

लगातार तीन दिनको विदापछि सोमबार खुलेको शेयर बजारमा अत्यन्तै ठुलो गिरावट देखिएको छ । यस साताको पहिलो कारोबारमा १ बजेर ४५ मिनेटसम्म आइपुग्दा ११३ अंकले गिरावट भइसकेको छ । आम मानिसहरुको अपेक्षा थियो बजेट पारित भएपछि शेयर बजारमा फेरि सुधार आउनेछ । तर, अघिल्लो साता नै शुरु भएको गिरावटको क्रम रोकिनुको सट्टा निकै तिव्र गतिमा घट्नेक्रम देखिन्छ ।

केहि साताअघिसम्म लगाताररुपमा बढीरहेको बजारमा त्यसबेला खरिदकर्ता रहेका लगानीकर्ताहरुले अझ बढी नोक्सान बेहोर्नुपर्ने चिन्ताका कारण बजारबाट बाहिरिन खोज्दा यस्तो अवस्था आएको हो । त्यसैपनि अहिले बजारमा तरलतताको अभाव छ । र, मानिसहरु प्रमुख चाडको लागि खर्चको जोहो गर्ने तयारीमा छन् ।

यसबाहेक असोज १ गतेदेखि लागू हुनेगरि सबैजसो वाणिज्य बैंकहरुले ब्याज बढाएका कारण पनि शेयर बजारमा त्यसको प्रतयक्ष प्रभाव परेको हो ।
बजेट पास भएसँगै सरकारले खर्च गर्ने बाटो त खुलेको छ तर, आसन्न चाडपर्वका कारण तुरुन्तै सरकारी कोषबाट नगद बाहिरिने सम्भावना पनि कम छ भने आम मानिसहरु अहिलेको अवस्थामा शेयर बजारलाई पर्खने र हेर्ने अवस्थामा रहेका छन् ।

सरकारले पुर्णता लिन नसकेको लगायतका अन्य आधारभूत पक्षहरुले समेत शेयर बजारको लगानीमा उत्साह थपेको छैन । यसरी आधारभूतरुपमा पुँजीबजार नै सपोर्ट गर्ने कुनै पनि आधारहरु नबन्दा अझै केहि समय बजारमा गिरावटको क्रम जारी रहने अनुमान गरिदैछ । आाजको कारोबार बन्द हुन सवा घण्टा मात्र बाँकी रहँदा कारोबार रकम पनि पाँच अर्ब ५० करोडको मात्रै देखिएको छ ।

aarthiknews

यिनिहरू पढ्न छुटे की ?