आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तरगतको त्रिकोणात्मक शृङ्खलामा आज नेपालले ओमानको सामाना गर्दैछ । अल अमरेत रङ्गशालामा हुने खेल नेपाली समयअनुसार साँझ ४ बजेर १५ मिनेटमा सुरु हुनेछ ।
नेपाल ओमानसँग यसअघि ५ विकेटले पराजित भइसकेको छ । शृङ्खलाको आफ्नो पहिलो खेलमा अमेरिकालाई नेपालले ५ विकेटले नै पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग हार व्यहोरेको नेपाल तेस्रो खेलमा पनि अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।