होम » आइतवार यी काम गर्दा हुन्छ फलिफाप : सबै दोषबाट मुक्ति !

आइतवार यी काम गर्दा हुन्छ फलिफाप : सबै दोषबाट मुक्ति !

by नागरिक टुडे

हिन्दू धर्मअनुसार आइतबार सूर्यदेवको बार मानिन्छ । सूर्यदेवबाट प्रकाश, आरोग्य, प्रतिष्ठा प्राप्त हुने छ भने दुष्टहरुको निवारण हुनेछ । नवग्रह शान्ति विधानमा मात्र सूर्योपासनाबाट सबै ग्रहको शान्ति मिल्ने उल्लेख छ । किन भने सूर्यदेवलाई नौ ग्रहको मुख्य ग्रह अर्थात राजा मानिन्छ ।

तपाईंले जीवनमा कुनै तनाव झेलिरहनु भएको छ भने सूर्यदेवलाई प्रसन्न पारेर आफ्नो सबै तनाव निवारण गर्न सक्नु हुनेछ । सूर्यदेवको कृपाबाट व्यक्तिलाई समाजमा मानसम्मान प्राप्त हुनेछ । साथै, नोकरी तथा भाग्य सम्बन्धी समस्या सूर्यको पूजाबाट टाढा हुनेछ ।हरेक दिन बिहान सूर्यलाई नमस्कार गरेमा बल, बुद्धि, विद्या, वैभव, तेज, ओज, पराक्रम तथा दिव्यता प्राप्त हुनेछ । आइतबारको दिन व्रतालुहरुले एक छाक मात्र खाना खानुपर्दछ । साथै खानामा नुनतेल मिसाउनु हुँदैन । व्रत बस्नेहरुले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पूजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्छ ।

यसैगरी मानिसको जन्मबार र जन्मेको समय निकै महत्वपूर्ण हुने गर्छ र उसकाे जन्म कुन्डली जन्मबार र समय अनुसार निर्माण गर्ने गरिन्छ। ज्योतिष शास्त्र अनुसार जन्मेको बारलाई ग्रहले निकै प्रभाव पारेको हुन्छ। आइतबारको दिन सूर्य ग्रहको भने सोमबार चन्द्र ग्रहको हो।मंगलबार मंगल ग्रहको हो भने बुधबार बुध ग्रहको हुन्छ। यस्तै बिहिबार वृहस्पतिको हुन्छ भने शुक्रबार शुक्र ग्रहको हुन्छ। शनिबारको कारक ग्रह पनि शनि नै हो। यसरी जन्मबार र समयलाई ग्रहले धेरै प्रवाभ पारेको हुन्छ। ग्रहले आयआर्जनमा निकै प्रभाव पार्ने गर्छ।

यिनिहरू पढ्न छुटे की ?